बुधबार, भदौ ६ २०७५ | Wed, August 22, 2018
नेपालको समय: १३:३८ | UK Time: 08:53

सलमानले प्रेमिका युलियासँग गीत गाए, बबी देओलले सुर मिलाए

विनेपाली
२०७५ जेठ १९ गते १७:०४

सलमानको खानको नयाँ फिल्म ‘रेस–३’को गीत अल्लाह दुहाई है…’ शुक्रबार रिलिज भयो । गीतको लन्चिङ इभेन्टका दौरान ‘रेस–३’ को पूरै काष्ट उपस्थित थियो ।

साथै सलमानकी प्रेमिका भनिएकी रसियन युलिया वन्तुरले पनि विशेष प्रस्तुती दिइन् । युलियाको उक्त प्रस्तुतीको भिडियो सोसल मिडियामा निकै सेयर हुन थालेको छ ।

भिडियोमा युलियासँगै सलमान खान पनि गीत गाइरहेको देखिएका छन् । यतिमात्र होइन्, नयाँ फिल्म ‘रेस–३’ का स्टारकाष्ट डेजी शाह, बबी देओल, साकिब सलीम पनि गीत गाएर रमाइलो गरिरहेका देखिन्छन् ।

गीत लन्चिङ इभेन्टमा जैकलिन फर्नाडिज, मीट ब्रदर्स, रमेश तौरानी, रेमो डिसुजा पनि सहभागी थिए । फिल्म ‘रेस–३’ यसै वर्षको इद अर्थात १५ जुनमा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक