अरबाजको बर्बादीका ४ कारणः करियर डुब्यो, पत्नीले छोडिन् र भाइ पनि पछि हटे

आइपिएल सट्टेबाजीमा संलग्न भएको आरोपमा अरबाज खान शनिबार ठाणे पुलिसको एन्टी एक्सटान्र्स सेल सामुन्ने पेश भए । सोधपुछका क्रममा उनले पछिल्लो ५ वर्षमा सट्टेबाजीमा सामेल भएको स्वीकारेको भारतीय मिडियाहरुले जनाएका छन् ।

उनले पछिल्ला केही वर्षमा सट्टेबाजीमा ३ करोड भारतीय रुपैयाँ हारेको पनि बताएका छन् । उनले बुकीलाई पनि पैसा दिन इन्कार गरिदिएका थिए । जसका कारण अरबाजलाई धम्की आयो । पैसा असुलीका लागि मलाइकालाई पनि फोन आउन थाल्यो ।
सट्टेबाजीसँगै अरु पनि केही कारण थिए, जसले अरबाजलाई बर्बाद गरे ।

१. पछि हटे सलमान

सट्टेबाजीको लतले अरबाजलाई पूरै बर्बाद बनायो । पैसा बढाउने चक्करमा उनी पैसा हार्दै गए । यस कुरालाई लिएर सलमानले पनि धेरै असन्तुष्टी जनाए । अरबाजले आफ्नो बयानमा भनेका छन्- ‘दिवालीको दिन सलमान उनीमाथि हात उठाउने तयारीमा थिए, त्यही बेला उनकी आमा आइन् ।’ सलमान पछि हटेपछि अरबाजको खराब दिन सुरु भए ।

२. फिल्म पाइरहेका थिएनन्
अरबाजले सन् १९९६ मा फिल्म ‘दरार’बाट आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानसँग पनि देखिए । अरबाजले कयौं मल्टी स्टारर फिल्म पनि गरे तर उनको करिअर जम्न सकेन । सन् २००४ को हिट फिल्म ‘हलचल’पछि उनको करिअर फेरि तल झरयो, उनका केही फिल्महरु चले ।

३. प्रोडक्सन हाउस पनि चलेनन्
एक्टिङमा नजमेपछि अरबाजले आफ्नो प्रोडक्सन हाउस खोले । सन् २०१० मा अरबाज खान प्रोडक्सन हाउस सुरु गरेका थिए । यो प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमान खानले लिड रोल निभाएका थिए भने अरबाज मक्खीको रोलमा देखिएका थिए । यसपछि ‘दबंग–२’ पनि बनाए । अरबाज ‘दबंग–३’ मा सलमानसँग काम गर्ने तयारीमा थिए तर सलमानले अस्वीकार गरिदिए । र, फिल्म सुरु हुनुपूर्व नै रोकियो । मानिन्छ कि सट्टेबाजीमा अरबाजको लतका कारण नै सलमानले अरबाजसँग काम गर्न अस्वीकार गरेका थिए । त्यसपछि प्रोडक्सन हाउसबाट ‘फ्रीकी अली’, ‘ये तो टु मच हो गया’, ‘तेरा इन्तजार’जस्ता फिल्म बनाए ।

४. पत्नीले लिइन् डिभोर्स
अरबाजले सट्टा लगाउने विषयमा कुरा गर्दै भनेका छन्- ‘पैसा तिर्न नसकेपछि मानिसहरु फोन गरेर मलाइकालाई सताउन थाले । जसका कारण घरमा सधैं झगडा हुन सुरु भयो । यही कारण मलाइकाले डिभोर्स दिइन ।’

विवाहको २० वर्षपछि सन् २०१७ मा उनको डिभोर्स भयो । मलाइकाले डिभोर्स गर्ने बेलामा १० करोड रुपैयाँ पनि मागिन् । जो अरबाजले दिनु परेको थियो । मलाइका र अरबाजका एक छोरा अरहान पनि छन्, जो आफ्नी आमासँग बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री