अस्वस्थ्य साहित्यकार कार्कीलाई घरैमा पुगेर अवार्ड

लन्डन । केही वर्ष यता अस्वस्थ्य साहित्यकार हरिबिभोर कार्कीलाई अल्डरसटस्थित घरैमा गएर अवार्ड प्रदान गरिएको छ ।

नेपाली साहित्य विकास परिषद यूकेले गत सोमबार ‘एनएलडिसी स्वर्णपदक-दोश्रो’ प्रदान गरेको हो । उक्त अवार्ड पांच तोला चांदी र आधा तोला २४ क्यारेट सुनमा बनेको छ ।

विगत चार दशक भन्दा बढि समय देखि बेलायतमा रहि समाजसेवा साथै साहित्यकर्ममा संलग्न कार्कीलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुरयाएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको परिषदले जनाएको छ ।

अल्डरसटस्थित कार्कीको निवासमा पुगि परिषदका नव निर्वाचित अध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कार्कीलाई पदक प्रदान गरे ।

सो अवसरमा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार कवि हरिसिंह थापा, उपाध्यक्ष वाचस्पति रेग्मी, महासचिव वीरेन्द्र कुंवर र श्रीमती मिरा कार्कीको उपस्थिति थियो ।

पुरस्कार सुशोभन गर्दै अध्यक्ष मल्लले कवि कार्कीको साहित्य सेवा र सृजनाको सरहाना गरे । उनले कार्कीलाई समस्त साहित्यकारहरुका तर्फबाट वधाई समेत दिए । अस्वस्थ भएका कारण कवि कार्की केही महिनाअघि लन्डनमा सम्पन्न सुशोभन समारोहमा उपस्थित हुन सकेका थिएनन् ।

कार्की नेपाली साहित्य विकास परिषदको स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध थिए । कार्कीका तीन कृति प्रकाशित छन् भने थुप्रै फुट्कर कविता र लेख विभिन्न पत्रिकामा प्रकाशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री