एबरडिन मेला २९ जुलाइमा


लन्डन । वहु संस्कृति झल्कने एबरडिन मेला जुलाइ २९ मा हुने भएको छ । मेला आयोजकले बुधबार एक विज्ञप्ति जारी गर्दै वेष्टबर्न पार्क एबरडिनमा मेला हुन लागेको जनाएका हुन् ।

मेलामा नेपालीसहित विभिन्न समुदायका संस्कृति, खाना, कला संगीत र बालबालिकाको प्रस्तुति रहने बताइएको छ । मेला हेर्न एबरडिनसायर, मुरे र वरपरबाट झण्डै दश हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

मेलामा एबरडिन मल्टिकल्चरल सेन्टर, एबरडिन पोलिस असोसिएसन, इथ्नीक माइनोरिटी फोरम, इण्डियन असोसिएसन अफ नर्थ इष्ट स्कटल्याण्ड, एबरडिन लायन्स क्लब, एबरडिन सिटी काउन्सिल, इभेन्ट स्कटल्याण्ड, एनएचएस स्कटल्याण्ड, सिभिक सोसाइटी एबरडिन र अन्य विभिन्न च्यारिटेवल संस्थाहरुको प्रत्यक्ष सहभागिता रहने छ ।

एबरडिनस्थित पत्रकार माधव रेग्मीका अनुसार, उक्त शहरमा झण्डै ५२ राष्ट्रका नागरिकहरुको बसोवास छ । मेलाले विभिन्न समुदायलाई एकजुट गराउने र एक अर्काको संस्कृति नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने रेग्मी बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री