फुटबलमा ‘म्याच फिक्सिङ’को आरोप लागेका खेलाडीलाई सफाइ

तस्वीरः द हिमालयन टाइम्स

काठमाडौँ- म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।

खेल मिलेमतोमा पैसा लिएर खेलेको भन्दै प्रहरीले उनीहरुमाथि राज्यविरुद्ध अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी २०७२ साल कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सन् २००८ यता २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेर पैसा लिएको आरोपमा उनीहरुमाथि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री