बेलायतका साहित्यकारसंग सुप्रमा पुरस्कारका लागि पुस्तक आव्हान


लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेले ‘अनेसास सुप्रमा पुरस्कार २०१७’ का लागि बेलायतमा रहेर लेखिएका पुस्तक आव्हान गरेको छ ।

समाजले जुन २०१७ देखि मे २०१८ सम्म प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु आव्हान गरेको हो ।

यस पुरस्कार बेलायती नेपाली डायस्पोराका आदिकवि इश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापना गरिएको हो । स्टर्लिङ्ग पाउण्ड २५० राशी रहेको उक्त पुरस्कार यस अघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत र कृष्ण बजगाईंले पाइसकेका छन् ।

सल्लाहकार एवं पुरस्कार संयोजक रुपक श्रेष्ठले जुलाइमा आदिकवि भानुभक्त जयन्ती र बेलायती नेपाली डायस्पोराका आदिकवि स्वर्गीय इश्वर मानन्धरको जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिने जानकारी दिए ।

सन् २००८ मा स्थापित अनेसास बेलायत च्याप्टरले यहां विभिन्न साहित्यिक गतिविधि गर्दै नेपाली साहित्यलाई प्रवासमा समेत विकास एवं प्रवर्धन गर्न प्रयत्न गरिरहेको छ ।

पुस्तक पठाउने ठेगाना-
7 Upper Town Road
Greenford
UB6 9JE

प्रतिक्रिया

सम्बन्धित सामाग्री