वरिष्ठ कलाकार थापाको निधन

काठमाडौँ, ३० जेठ – वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३ वर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ ।

लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा जानुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री