कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

सुर्खेत-आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताए ।

राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उनले यसलाई बढाउने प्रयास गर्ने बताए । “यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुपरयो’ उनले भने, “आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।”

असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृत्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री