सोमबार, असार ११ २०७५ | Mon, June 25, 2018
नेपालको समय: ०८:०८ | UK Time: 03:23

आसफोर्डमा सुम्निमा सांझ

प्रमिला लाबुङ राई
२०७५ जेठ ३१ गते ११:३७


लन्डन । किरांत राई सांस्कृतिक कलाकार संघले पहिलोपटक सुम्निमा सांझ सम्पन्न गरेको छ । ९ जुन शनिबार सेन्ट साइमोन स्टोक क्याथोलिक चर्च, आसफोर्ड केन्टमा कार्यक्रम भएको हो । संघले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षबाट सुम्निमा सांझ नाममा सांस्कृतिक कार्यक्रम गरेको हो जसलाई प्रत्येक वर्ष निरन्तरता दिइने योजना रहेको अध्यक्ष हेम कुमार राईले बताए ।

कार्यक्रमको पहिलो चरण वरिष्ठ संगीतकार स्वर्गीय दिव्या 
खालिङको स्मरणमा समर्पित थियो भने दोश्रो चरणमा विभिन्न स्थानीय कलाकारद्वारा गीत नृत्य प्रस्तुत गरियो ।

महासचिव डा. महा राईले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा स्थानीय कलाकारहरु गंगाराज राई, बिसी राई, सुषमा राई र एभरेष्ट आइडल विजेता सोनाहाङ राईले दिव्या खालिङद्वारा संगीतवद्ध ‘तिमी जुन रहरले म मा फुल्न आयौ’, ‘म त लाली गुरांस भएछु’, ‘विपना नभई बाची दिने’, ‘प्रियसीका यादहरु…’ जस्ता कालजयी गीत गाएर स्वर्गीय खालिङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा वाद्यवादनमा स्थानीय ‘नाम्लो ब्याण्ड’ ले साथ दिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न गीत नृत्यद्वारा दर्शकहरुलाई मनोरञ्जन गराए ।
रोजिना राईद्वारा सञ्चालित यस कार्यक्रममा स्थानीय कलाकारहरु अनिला राई, अनिता राई, कल्पना राई, कृष्ण राई, लिला गोमदेन राई, सुष्मा राई, सलोनी राई, पूर्णिमा राई, विकास राई र कमल राईले दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । करिष्मा राई र यात्रीमा राईको नृत्य 
प्रतुतिले सुम्निमा सांझ झन् मनोरन्जात्मक बनाएको थियो ।

कार्यक्रमको अन्तमा चर्चित गायिका सत्यकला राईले आफ्नो प्रस्तुति द्वारा उपस्थित दर्शकलाई नचाइन् ।
किरांत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजिवीहरु लगायत सयौं सहभागी थिए । ‘सुम्निमा सांझ’ को संयोजक सुमन चन्द्र राई थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक