कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगित

फाइल तस्विर- एएफपी

वासिङटन, ३१ जेठ – अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

‘कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं’- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग शिखर वार्ता भएको दुई दिनपछि ट्रम्पले सैन्य अभ्यास बन्द गर्ने निर्णय गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री