जापानको कोलम्बियामाथि ऐतिहासिक जित

काठमाडौं-विश्वकपमा जापानले कोरियामाथि ऐतिहासिक जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा जापानले कोलम्बियामाथि २–१ ले जित निकालेको हो ।

दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो टोली बनेको जापानका लागि लेखेको छैटौ मिनेटमा सिन्जी कागवानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । कोलम्बियाका १ जना खेलाडीले रेड कार्ड पाएछि १० खेलाडीमा सिमित भएको कोलम्बियाका लागि ३९ औ मिनेटमा जुआन फर्नान्डो क्किन्टेरोले बराबरी गोल फर्काए ।

तर, जापानका युवा ओसाकाले खेलेको ७३ औं मिनेटमा अर्को गोल गरेपछि कोलम्बिया खेलमा फर्कन सकेन् । जापानले कोलम्बियालाई पहिलो पटक पराजित गरेको हो । यसअघि सन् २०१४ को विश्वकपमा जापानलाई कोलम्बियाले ४–१ गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री