छोरीमाथि ब्रेस्ट इम्प्लान्टका लागि दबाब दिन्थे डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरी इवान्कामाथि ब्रेस्ट इम्प्लान्ट गर्नका लागि दबाब दिने गरेको खुलासा भएको छ । यो कुराको खुलासा हालै प्रकाशित किताब ‘Born Trump- Inside America’s First Family’ मा गरिएको छ ।

किताबकी लेखिका एमिली जेन फक्सले लेखेकी छन्- ‘इवान्का टिनएजदेखि नै मोडल बन्न चाहन्थिन् । यसका लागि उनी हरेक वर्ष ४४ हजार डलर फोटो सुटमा खर्चिने गर्थिन् ।’ किताबमा डोनाल्ड ट्रम्प र उनको परिवारका विषयमा धेरै कुराहरु खुलासा गरिएका छन् ।

किताबमा आफ्नी छोरीको मोडलिङ ‘प्यासन’ देखेर डोनाल्ड ट्रम्प उनलाई ‘इनकरेज’ गर्थे । उनी चाहन्थे इवान्का ब्रेस्ट इम्प्लान्ट गरुन् ताकि यसबाट उनको मोडलिङ करिअरलाई सहयोग मिलोस् । राइटर फक्सले यो दाबी गरेकी छिन् कि जब डोनाल्ड ट्रम्प छोरीमाथि दबाब दिइरहेका थिए तब डोनाल्ड ट्रम्पकी बहिनी मेरियानले ब्रेस्ट इम्प्लान्टले छोरीलाई बर्बाद गरिदिने बताउंथिन् ।

इवान्काका टिनएजका कयौं किस्साहरु आम मानिसहरुको भन्दा अलग थिए । फक्सले लेखेकी छिन् – जब इवान्का वान्र्टन कलेजमा थिइन्, विहान ९ बजे स्टाटिक्स क्लासबाट लुकेर बाहिर निस्कन्थीन् र चुरोट पिउथिन् ।

इवान्काको टिनएजको एक किस्सा अमेरिकामा काफी फेमस छ । जब इवान्का कोएट स्कुल पढ्थिन्, त्यतिबेला उनी एक पार्टीमा गइन् । उक्त पार्टीमा ड्रग्स लिएका कारण उनलाई केही दिन स्कुलमा बन्देज गरिएको थियो । जबकी उक्त पार्टीमा सहभागी भएका बाँकी विद्यार्थीहरुलाई स्कुलले ‘सस्पेण्ड’ गरिदिएको थियो । त्यतिबेला मानिसहरु मान्थे, सायद ट्रम्पकी छोरी भएका कारण उनलाई स्कुलबाट निकाला गरिएन ।

फक्सले किताबमा लेखेकी छन् – जब इवान्का कोएट स्कुलमा पढ्थिन् त्यतिबेला डोनाल्ड ट्रम्पले भनेका थिए- स्कुलमा हेलिप्याड बनाउनु ताकि उनकी छोरी विकेण्डको अवसरमा न्युयोर्क जान सकून् । दैनिक भाष्करबाट भावानुवाद

प्रतिक्रिया

सम्बन्धित सामाग्री