बेलायतमा ठगीको अभियोगमा भूपू गोर्खालाई 
जेल सजाय

हयारो क्राउन कोर्ट

लन्डन । ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।

हयारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक 
तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति 
(होलिडे मेकर) बाट ७० हजार पाउण्ड (झण्डै एक करोड 
रुपैंया) घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो ।

स्थानीय ह्यारो टाइम्स समाचारपत्रका अनुसार गुरुङलाई २५ महिना लामो जेल सजाय र दश वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने आदेश पनि दिइएको छ ।

ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस भन्ने निकायले साउथ ह्यारोमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न वाध्य बनाउने गरेको पत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसंग त्यसरी नै धोखाधडी गरेको हुन सक्ने पनि सो निकायले बताएको छ ।

गुरुङले बयान दिंदा आफू दोषी भएको स्वीकारेका थिए । गुरुङ सोंपाल समाज यूकेका उपाध्यक्ष पनि भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री