मालदिभ्सको विपक्षी दलद्वारा प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

कोलोम्बो, श्रीलङ्का, १७ असार – मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।

प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँग सोलिहले आफूहरूले निर्वाचनमा बहुमत ल्याएमा विभेदपूर्ण तवरले निर्वासनमा बस्न बाध्य बङ्गलादेशी नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने जनाउनुभएको छ ।

मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वबाट देशमा प्रजातन्त्रको पुनः स्थापना गर्ने उक्त समूहका प्रवक्ता अमिद अब्दुल गफूरले एएफपीलाई बताउनुभयो ।

सोलिहले यस पहिले उक्त प्रतिपक्षी समूहको नेतृत्व गरेका अनुभवी नेता मोहम्मद नशीदलाई प्रतिस्थापन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री