मेक्सिकोका नवनियुक्त राष्ट्रपतिलाई ट्रम्पको वधाई

वासिङ्टन, १८ असार – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिनुभएको छ ।

एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ट्वीटमार्फत वधाई दिँदै अमेरिकाले आगामी दिनमा उहाँसँग मिलेर कामगर्ने बताउनुभएको छ ।

उक्त वधाई सन्देशमा उहाँले भन्नुभएको छ– अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उहाँको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाउनुभएको थियो ।

त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गर्नुभएको छ ।

तर उहाँको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।

दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिनुभएको थियो । यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री