दक्षिणी सिरियामा द्वन्द्वका कारण दुई लाख ७० हजार विस्थापित

द्वन्द्वका कारण सिरियालीहरु विस्थापित हुने क्रम जारी छ । तस्विर- एएफपी

अम्मान, १८ असार – सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।
विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ ।
“दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरुको संख्या झण्डै दुई लाख पुगेको अनुमान गरिएपनि विवरण संकलन गर्दा सम्म दुई लाख ७० हजार पुगेका छन्,” अम्मानस्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने ।

झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।

विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री