विश्वकप फुटबल – प्रिक्वार्टरफाइनल समीकरण पूरा

इंग्लयाण्डका हयारी केन कोलम्बियालाई जितेपछि खुशीयाली मनाउंदै । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । तस्विर सिन्हवा

काठमाडौँ, २० असार – रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ ।

मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुई राष्ट्र छनोट हुन सफल भएका छन् । युरोपबाट आयोजक रुस, बेल्जियम, फ्रान्स, क्रोएसिया, इंग्लयाण्ड र स्वीडेन छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे रहेका छन् । रुस पहिलोपटक अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वार्टरफाइनलको पहिलो खेल शुक्रबार उरुग्वे र फ्रान्सका बीच तथा अर्को खेल ब्राजिल र बेल्जियमका बीच हुनेछ । शनिबार स्वीडेन र इंग्ल्याण्डबीच तथा रुस र क्रोएसियाबीच हुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री