इयु संसदद्वारा प्रतिलिपि अधिकार कानूनको मस्यौदा अस्वीकृत

ब्रसेल्स, २१ असार – युरोपेली संघको संसदले प्रतिलिपि अधिकार सम्वन्धी अति विवादास्पद एउटा कानूनको प्रस्तावलाई अस्वीकृत गरिदिएको छ ।

संसद सदस्यहरूले गीतसंगीत, फिल्म, समाचारलगायतका सृजनाको संरक्षणको सूनिश्चितता गर्न माग गरेका छन् ।
विश्व नै विद्युतीय जमानामा पुगिसकेको कुरालाई पनि आत्मसाथ गर्ने कानूनको मस्यौदा बनाउन सांसदहरूको सुझाव छ ।

फ्रान्सको पूर्वी सहर स्ट्रासबर्गमा भएको संसदको बैठकमा ३८१ जनाले मस्यौदा कानूनको विपक्षमा मतदान गरेका थिए भने २७८ जनाले मस्यौदाको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री