इंग्ल्याण्ड र क्रोएसियाबीच सेमिफाइनल खेल बुधबार

क्रोएसियाका खेलाडी विजयपछि खुशीयाली मनाउंदै । तस्विर- सिन्हवा

मस्को, २४ असार – रुसमा जारी विश्वकप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएका दुई खेलबाट इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलको खेलमा स्विडेनलाई २–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको हो भने पेनाल्टी सुटआउटमा आयोजक रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिबारको पहिलो खेल रुसको सामरा एरेना स्टेडियममा भएको थियो । विश्वकपको पूर्व विजेता इंग्ल्यान्डलाई सेमिफाइनलमा प्रवेश गराउन इंग्ल्यान्डका हारी मागुइरे र डेली अलीले एकएक गोलको योगदान दिएका थिए ।

खेल सुरु भएदेखि नै आक्रामक खेलेको इंग्ल्यान्डले लगातार विपक्षीको कोर्टमा बल पुरयाएको भएपनि गोल गर्ने थुप्रै अवसर भने गुमाएको थियो ।

तैपनि इंग्ल्याण्डले पहिलो हाफको ३०औँ मिनेटमा सुरुआती गोल र दोस्रो हाफको ५९औँ मिनेटमा अर्को गोल गरेर स्विडेन विरुद्ध जित हात पारयो ।

शनिबारको दोस्रो खेलमा भने निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै क्रोएसियाले घरेलु टोली रुसलाई स्तब्ध पारेको छ ।

आयोजक रुसले खेलको ३१ औँ मिनेटमा गोल गरेर सुरुआती अग्रता लिएपनि त्यो अग्रता ८ मिनेट मात्र रह्यो ।

खेलको ३९ औँ मिनेटमा क्रोएसियाले पनि एक गोल गरेपछि निर्धारित समयसम्म खेल बराबरीमै सिमित भयो । बाँकी गोल अतिरिक्त समयमा भएर ४–३ गोल अन्तरले क्रोएसियाले अघिल्लो यात्रा कायमै राख्न सफल भयो ।

अहिले भइरहेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि मङ्गलबार बेल्जियम र फ्रान्स भिड्ने भएका छन् भने बुधबार क्रोएसिया र इंग्ल्याण्ड मैदानमा सँगै हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री