ग्रेब्जेण्ड नेपलिज एसोसिएसनको सिंगो कार्यसमितिमा महिला मात्र

लण्डन । एभरेष्ट नेपलिज कम्युनिटी ग्रेब्जेण्डको पहिलो बनभोजले समिति पनि चयन गरेको छ । रमाइलो पक्ष के छ भने नयाँ कार्यसमितिका अध्यक्ष तथा सबै पदमा महिला मात्र छन् ।

नयाँ गठन भएको समितिमा अध्यक्ष श्रीमती रश्मी भट्टराई, सचिव श्रीमती अनु केसी, कोषाध्यक्ष श्रीमती अश्मिता सुबेदी भुसाल र सदस्यहरुमा श्रीमती वुद्धिकला सुबेदी, श्रीमती अमृता पौडेल, श्रीमती विमला नेउपाने, श्रीमती पार्बती पाण्डे रहेका छन् ।

सल्लाहकारहरुमा राजन खरेल, चरण भट्टराई र बिनोद नेउपाने चयन भएका छन् ।

आइतबार ओर्पिङटनको रमणीय पार्कमा भएको बनभोजको अध्यक्षता एभरेस्ट नेपलीज कम्युनिटी ग्रेब्जेण्डका सभापति राजन खरेलले गरेका थिए ।

कार्यक्रममा विभिन्न एजेण्डा पारित गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री