युकेका नेपाली बाँसुरी प्रेमीहरुको पहिलो जमघट

केन्ट । युकेका नेपाली बाँसुरीवादकहरुको समूह ‘बाँसुरी चौतारी बेलायत’ को पहिलो भेटघाट र अभ्यास शनिबार एम्पायर हल, अल्डरसटमा सम्पन्न भएको छ ।

खड्क क्षेत्रीको संयोजनमा ‘बासुरी चौतारी बेलायत’ नामको फेसबुक पेज खोलेयता बेलायतको विभिन्न स्थानमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबादकहरुले फेसबूक पेजमार्फत आफ्ना बाँसुरीका धुन सुनाउदै आएका थिए । उक्त ‘बासुरी चौतारी बेलायत’ फेसबुकमा बेलायतभन्दा बाहिरका केही बाँसुरीका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई पनि समावेश गरिएको छ ।

‘बाँसुरी चौतारी बेलायत’ को पहिलो भेलाको पहिलो सत्र बाँसुरीबारे बाँसुरीमा डिप्लोमा गरेका, शास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङले केही ज्ञान समूहलाई बाँडेका थिए । त्यसपश्चात उनले केही मीठा बाँसुरीका धुनहरु पनि सुनाए ।

भेलाको दोस्रो सत्रमा ग्रुपका सबै सदस्यहरुले बाँसुरीका धुन प्रस्तुत गरेका थिए । एकल प्रस्तुत सकेपश्चात समूहमा अभ्यास भएको थियो । समूहको अभ्यास पश्चात बाँसुरी वादक दिपक चाम्लिङ्ले बाँसुरी बजाउन तथा मीठास ल्याउन अति आवस्यक कुराहरु उदाहरणका साथ ब्याख्या गरेर स्पस्ट पारेका थिए ।

कार्यक्रमको अन्त्यमा संयोजक खड्क क्षेत्रीले सम्पूर्ण सदस्यहरुलाई भेलाको औचित्यबारे बताए । क्षेत्रीले यस क्लोज फेसबुक ग्रुपलाई चाँडै पब्लिकको लागी हेर्न मिल्ने बनाउने बताउदै भविश्यमा पुन भेला गर्ने प्रतिबद्धतासहित भेलालाई औपचारिक रुपमा समाप्त गरेका थिए ।

बिहान १० बजेबाट शुरु भएको सो भेला साँझ ७ बजे सकेपछि एम्पायर दोहोरी साँझमा गएर ग्रुपका सदस्यहरुले बाँसुरीको प्रस्तुतिहरु दिएका थिए ।

“बाँसुरी चौतारी बेलायत” मा ३० भन्दा धेरै सदस्य छन् । उक्त भेलामा उपस्थित सदस्यहरु यस प्रकार थिए ।

संयोजक- खड्क क्षेत्री

सल्लाहकारः दिपक चाम्लिङ

सदस्यहरु-

सुरेन्द्र इङ्नाम

भरत लोहोरुङ राई

सेमन्त राई

मेघ गुरुङ

कुल थापा

विस पुन मगर

लोकबहादुर थापा

भुपाल गुरुङ

पदम गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री