अनेसास सुप्रमा पुरस्कार सुमायालाई

लण्डन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरद्वारा प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा पुरस्कार साहित्यकार सुमाया राईलाई प्रदान गरिने भएको छ ।

समाजसेवी तथा साहित्यकार, त्रिभुवन विश्वबिद्यालयकी लेक्चरर, किरात राई यायोक्खाकी पूर्व केन्द्रिय अध्यक्ष राईलाई उनको कृति “अव्यक्त अभिव्यक्ति” कविता सङ्ग्रहका लागि सो पुरस्कार प्रदान गरिएको च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए ।

सो पुरस्कार आदिकवि भानुभक्त जयन्तिको अवसर पारेर २८ जुलाईका दिन दक्षिणपूर्वी लण्डनमा एक कार्यक्रम गरी प्रदान गरिने छ ।

अध्यक्ष गुरुङले सहभागिताका लागि बेलायतका साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सूचना पठाई सकिएको बताए ।

प्रत्येक वर्ष वितरण गरिने सुप्रमा पुरस्कारको राशी २५१ पाउण्ड र प्रशंसापत्र छ । हालसम्म सो पुरस्कारबाट सर्जकहरू मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाई र दुर्गा प्रसाद पोखरेल पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री