मैले प्रधानमन्त्री मेको आलोचना गरेको छैन-ट्रम्प

बेलायती महारानीसंग भेटपछि ट्रम्प र फस्ट लेडी मेलानिया । तस्विर- एपी

एलिसबरी, संयुक्त अधिराज्य, २९ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो ।

“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन, यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भन्नुभयो ।

यसैबीच ट्रम्पले अन्तर्वार्तामा ब्रेक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टेरेजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

प्रदर्शनकारी । तस्विर सिन्हवा

बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ ।

‘ट्रम्पलाई पदबाट हटाऔँ’, ‘यो ट्रम्प विरोधी उत्सव हो’, ‘मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन्’ जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए ।

“प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन” जस्ता नाराहरू लगाएका थिए ।

केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए ।

एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा “ट्रम्प विरोधी एकता” गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् ।

प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रेक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री