शेयर बजार- दुई अर्ब बढीको कारोबार

काठमाडौँका सिंहदरबार प्लाजामा अवस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय भवन । तस्बिर – नवीन पौडल, रासस

काठमाडौँ, ३० असार – धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो ।

गत साता १८४ कम्पनीको रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर अन्तिम दिन एक हजार १९१ दशमलव ९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ६८ अंकले घटेर २५१ दशमलव शुन्य पाँच अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकमको आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १५ करोड २५ लाख बराबरको शेयर कारोबार भयो ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख ९० हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री