बेल्जियमसँग इंग्ल्याण्ड २–० ले पराजित, बेल्जियम विश्वकपमा तेस्रो

काठमाडौं-२०१८ को फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–० नतिजा सुम्पिएको छ । शनिबार भएको प्लेअफको खेलमा इंग्ल्याण्डले पराजय ब्यहोरेसँगै बेल्जियम जारी विश्वकपमा तेस्रो भएको छ ।

हारसँगै इंग्ल्याण्ड भने चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । विजेताको मुख्य दाबेदार ठानिएको बेल्जियमको स्वर्णिम पुस्ता सेमिफाइलनमा फ्रान्ससँग निराश भएपछि उसले हात पारेको यो सफलता अहिलेसम्मकै ठूलो हो । यसअघि बेल्जियमले चौथो स्थानमात्र हात पारेको थियो ।

इंग्ल्याण्डको फाइनल खेल्ने सपना भने क्रोसिया बाधक बनेको थियो ।

बेल्जियमका लागि थोमस मेउनियरले गोल गर्दै चौथो मिनेटमै अग्रता दिलाएका थिए । उनले नासेर चाइलीको क्रसको फाइदा उठाउँदै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि इंग्ल्याण्डले केही उत्कृष्ट मौका पाएपनि गोलमा परिणत गर्न सकेन ।

दोस्रो हाफमा पनि केही समय बेल्जियममाथि इंग्ल्याण्डले दबाब बनाएको थियो । केही सुन्दर मौका सिर्जना गरेको इंग्ल्याण्ड गोल भने गर्न सकेन । ८२ औं मिनेटमा बेल्जियमका कप्तानले इंग्ल्याण्डको डिफेन्सलाई तोड्दै उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि इंग्ल्याण्डलाई खेलमा फर्किन ढिला भइसकेको थियो भने उसको तेस्रो हुने सम्भावना पनि टाढा भइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री