सगुनलाई बेलायती सांसद शर्माको शुभकामना

सांसद बीरेन्द्र शर्मा

लन्डन । अहिले चर्चामा रहेको सोसियल इकमर्श साइट सगुनलाई बेलायती सांसद तथा नेपालका हितैषी बीरेन्द्र शर्माले सफलताको शुभकामना दिएका छन् । चौंथो पटक लन्डनको इलिङ साउथहल क्षेत्रबाट निर्वाचित सांसद शर्माले एक लिखित शुभकामना वक्तव्यमा सगुनको इनोभेटिभ आइडिया र सकारात्मक सोचप्रति खुशी व्यक्त 
गर्दै यसको सफलताको शुभकामना दिएका हुन् ।

ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष शर्मा बेलायतको नेपाली समुदाय र नेपालसंग ज्यादै निकट छन् । पांच पटक नेपाल पुगिसकेका उनले नेपालीको प्रगति र बेलायती मुल राजनीतिमा प्रवेशका लागि शुभकामना दिंदै आएका छन् ।

यसैबीच, स्टार्ट अप कम्पनी सगुनमा लगानी गर्न समयसीमा तीन दिनमात्र बांकी रहंदा सगुनका संस्थापक गोविन्द गिरीले विश्वभरका नेपालीमा अन्तिम लगानीको अवसर सदुपयोग गर्न आव्हान गरेका छन् ।

‘अब फेरि फेरि लगानीका लागि आव्हान गर्न पनि कानूनी झन्झट भएकाले हामीले यसलाई नै अन्तिम गर्ने सोच बनाएका छौं’- गिरीले भने, ‘हामी आत्मविश्वाससहित अगाडि बढेका छौं । केवल हामीलाई तपाईंहरुको साथ र सहयोग आवश्यक छ ।’ सगुनमा लगानी गर्न सकिने अन्तिम म्याद २६ जुलाई २०१८ सम्ममात्र छ ।

सन् २०१२ मा ओबामा सरकारले ‘ग्रोथ स्टेज’ का कम्पनीलाई प्रवर्धन गर्न ‘जब याक्ट २०१२’ ल्याएको थियो । सन् २०१५ मा अमेरिकी इतिहासमै पहिलोपटक ‘सेक्युरिटी एक्सचेन्ज कमिसन’ ले उक्त कानून कार्यान्वयन गरेलगत्तै सगुनले अप्लाइ गरि लगानी संकलन गर्न नेपाली समुदायसमक्ष पुगेको गिरीले बताए । सेक्युरिटी एक्सचेन्ज कमिसनको नियममा वार्षिक ५० मिलियन डलरसम्म लगानी उठाउन पाइने र सो नियमकै परिधिभित्र रहेर सगुनले लगानी उठाइरहेको गिरी 
बताउंछन् ।

सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पांच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पांच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको कम्पनीले जनाएको छ । लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ ।

सगुनको आयो विज्ञप्ति-

मितिः २०७५ साउन ७

प्रेस विज्ञप्ति

सगुनको मिनी आईपीओमा लगानीको अन्तिम अवसर जुलाई २६ सम्म

वासिङ्टन डीसी । सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० अर्थात २६ जुलाई सम्म रहनेछ । आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय अनुसार जुलाई २६ को मध्यरात सम्ममा आवेदन दिनुपर्नेछ ।

यहि अवधिमा सगुनमा लगानी गर्ने आफ्ना लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने यहि अवसरमा घोषणा गरेको छ । मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा सगुनले अन्तिम ५ दिनका लागि यो घोषणा गरेको हो। मिनी आइपिओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर बोनस शेयर दिने सगुन घोषणा गरेको हो ।

सगुनका तर्फबाट सन् २०१७ को जुलाई अन्तिमबाट सानो स्तरमा प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरिएको थियो जसमा प्रति कित्ता २३ डलरमा कम्तीमा १ हजार  डलर लगानी गर्नुपर्ने थियो। त्यसयता सगुनले विश्वभरका ३ हजार ५ सय भन्दा बढी लगानीकर्ताबाट करीब ५० लाख डलर उठाएको छ। ४५ लाख डलरभन्दा बढी लगानी निजी तवरबाट उठाएको छ ।

‘हामीले विगत एक वर्षमा लगानीकर्ता तथा साझेदारहरु पाएको सहयोगको लागि एकदमै कृतज्ञ छौं जसले सामाजिक सञ्जाल प्रयोगको अनुभवलाई राम्रो गराउने हाम्रो उद्देश्यमा साथ दिइरहनु भएको छ । हामीले ५० लाख डलरभन्दा बढी रकम उठाएका छौं जसले हामीलाई एन्ड्रोइड एप सुरु गर्न तथा हाम्रो प्लेटफर्मका अन्य मुख्य सुविधाहरु बढाउने काम जारी राख्नको लागि सहयोग गर्नेछ’- सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो – “हामी आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने काममा निरन्तर लागि रहनेछौं जसले गर्दा संसारभर सुविधाबाट धेरै लाभ नपाएकाहरुलाई उपयुक्त सामाजिक अनुभव प्रदान गर्ने हाम्रो उद्देश्य हासिल गर्न सक्नेछौं ।”

सगुनले आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने कामलाई निरन्तर जारी राख्नेछ र तिनीहरुलाई सन् २०१८ को अन्त्यसम्म जारी गर्ने लक्ष्य लिएको छ । सगुनको सोसल कार्डले सगुनका प्रयोगकर्ताहरुलाई सामान किन्दा पैसा कमाउने, कुपनसँग सामान साँट्ने, तथा आफ्ना प्रियजनहरुलाई उपहार दिन सक्ने सेवा उपलव्ध गराउनेछ । ई-कमर्सको अर्बौ अमेरिकी डलरको बजारमा सोसल स्मार्ट कार्ड तथा आईओएस् एपले कायापलट नै गर्नेछ भन्ने हाम्रो विश्वास छ।

यस वर्ष कम्पनीले नयाँ दिल्लीमा एक कार्यक्रम गरी एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेको छ। वेबमा तथा मोबाइलमा आधारित गरी सगुनमा हाल २६ लाखभन्दा बढी प्रयोगकर्ता छन् । सगुनले ती प्रयोगकर्ताहरुलाई २.८ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा नयाँ अनुभुति दिलाउन मद्दत गर्नेछ। हालका प्लेटफर्मले दिइरहेको भन्दा फरक अनुभव प्रदान गर्ने लक्ष्यमा सगुन कटिबद्ध रहेको छ ।

अमेरिकी सामाजिक सञ्जालको दुनियाँमा सगुनले एक ठूलो समस्यालाई समाधान गर्ने हाम्रो विश्वास छ । अमेरिकामा बिक्रेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको बीचमा प्रत्यक्ष किनबेचलाई बन्देज लगाइएको छ । प्रयोगकर्ताहरुले उनीहरु आम्दानीको प्रत्यक्ष स्रोत हुँदा पनि कुनै पनि आर्थिक लाभ पाउँदैनन् । उपहार कार्ड, कुपन तथा छुटलाई सामाजिक रुप रंग दिने अवसर सगुनले सिर्जना गर्दैछ ।

मिनी आईपीओमा पाइने अवसरले सर्वसाधारणलाई कम्पनीमा शेयरधनी बन्नको लागि मौका मिल्दछ । कम्पनीले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट अहिले पनि लगानी उठाइरहेको छ र लगानी गर्नु अगाडि चाहिने निष्कासन परिपत्र लगायतका विवरण तथा लगानीको अवसरको बारेमा यसको वेबसाइट www.sagoon.com/invest मा जानकारी पाइनेछ ।

सगुनको बारेमा 

सगुन सुरुवाती चरणमा रहेको एक सोसल कमर्स प्लेटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सामाजिकीकरण गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ । सगुनको शब्द संस्कृत शब्द ‘शकुना’ बाट आएको छ जसको अर्थ “राम्रो भाग्य वा शुभ समय” भन्ने हो । सन् २००९ मा एक सर्च इन्जिनको रुपमा सुरु भएको सगुनले सन् २०१४ बाट प्रयोगकर्ताहरुलाई राम्रोसँग कनेक्ट, शेयर, तथा अर्न गराउने लक्ष्य राखी सोसल कमर्स प्लेटफर्मको रुपमा विकसित भएको छ । सगुनसँग जोडिनको लागि www.sagoon.com मा जानुहोस् वा कम्पनीलाई फेसबुकमा ‘लाइक’ गर्नुहोस् । रेगुलेशन ए प्लसको माध्यमबाट कम्पनीमा लगानी गर्नको लागि www.sagoon.com/invest मा जानुहोस् ।

सञ्चार माध्यमको लागि सम्पर्क:

म्याथ्यु ब्रेटजियस

FischTank Marketing and PR

[email protected]

सांसद शर्माको शुभकामना-

प्रतिक्रिया

सम्बन्धित सामाग्री