११ वर्ष कान्छा प्रियंकाका प्रेमी निक जोनस, कमाइ भने प्रियंकाभन्दा धेरै

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी प्रेमी निक जोनससँग इन्गेजमेण्ट गरिसकेकी छन् । पिपुलडटकमकाअनुसार प्रियंकाको जन्मदिन १६ जुलाई २०१८ भन्दा दुई हप्ता अगाडि उनीहरुले इन्गेजमेण्ट गरेका हुन् ।

त्यसलगतै प्रियंका अमेरिकाबाट भारत फर्किएकी थिइन् । उनले सलमान खानसँग ‘भारत’ नामक फिल्म सुटिङ गर्नु थियो तर प्रियंकाले उक्त फिल्म छोडिदिइन् ।

फिल्मका निर्देशक अली अब्बास जफरले आफ्नो ट्वीटरमा यो कुराको पुष्टि गर्दै प्रियंका र निकको विवाहको संकेत दिएका छन् । आखिर प्रियंकाका प्रेमी निक को हुन् ?

रिपोर्टहरुकाअनुसार प्रियंका चोपडा र अमेरिकी पप स्टार निक जोनसको पहिलो भेटघाट ‘क्वान्टिको’को सेटमा भएको थियो । त्यसपछि त्यसको एक वर्षपछि गत वर्षको मई १ मा न्युयोर्कमा भएको मेट गालामा कार्यक्रममा उनीहरुसँगै सहभागी भएका थिए ।

एक अन्तर्वार्तामा प्रियंकाले राल्फ लान्रेसको एउटै डे«स पहिरिनेवाला थियौ र सँगै जानेको फैसला पनि गरेको बताएकी थिइन् । तर, उनले पहिलो भेटघाटका विषयमा भने केही खुलाइनन् ।

डिसेम्बर २०१७ मा निकले एक अन्तर्वार्ताका दौरान आफ्नो पहिलो भेटघाटका बारेमा मुख खोलेका थिए । उनले ‘क्वान्टिको’ फिल्मको सुटिङका क्रममा रोजरको माध्यमबाट प्रियंकासँग भेटघाट भएको बताएका थिए ।

प्रियंका र निक पछिल्लो एक वर्ष विभिन्न ठाउँमा सँगै देखिएका थिए । यसैगरी यही महिना न्युजर्सीमा भएको निकका भाइको विवाहमा पनि प्रियंका पुगेकी थिइन् । यसैगरी हालैमात्र निकलाई लिएर मुम्बई पुगेकी प्रियंकाले आफ्नो परिवारसँग पनि निकको परिचय गराएको बताइएको छ ।

प्रियंकाका प्रेमी निक अमेरिकाका प्रसिद्ध स्टार पप गायक मानिन्छन् । गायक, नायक र प्रोड्युसर रहेका २५ वर्षीय निकको नेटवर्थ कमाइ २५ मिलियन डलर छ । यस्तै, नायिका, मोडल र गायक रहेकी ३६ वर्षीया प्रियंकाको नेटवर्थ कमाइ ११ मिलियन डलर छ ।

भारतको झारखण्डको जमशेदपुरमा जन्मिएकी प्रियंकाका बुवा स्व. अशोक चोपडा र माता मधु चोपडा हुन् । उनले १२ कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । यस्तै, अमेरिकाको टेक्सासमा जन्मिएका निक पल केविन जोनस र डेनिस मिलरका छोरा हुन् । उनले हाइस्कुल शिक्षा पूरा गरेका छन् ।

प्रियंकाको उचाइ ५ फिट ६ इन्च रहेको छ भने निक ५ फिट ७ इन्च अग्ला छन् । प्रियंका यसअघि असीम मर्चेन्ट, अक्षयकुमार, हरमन बावेजा र शाहिद कपुरसँग अफेयर चलेको थियो ।

यस्तै, निक भने माइली सायरस, सेलेना गोमेज, निकोल एन्डरसन, डेट गुटरेम, ओलिविया कल्पो र डेम लोवेटोसँग रिलेसनमा असफल भएका थिए ।
प्रियंकाले ५५ वटा फिल्ममा अभिनय गरेकी छिन् भने निकले १७ वटा एल्बममा काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री