पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपालको हार

नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने टवान्टी टवान्टी त्रिकोणत्मक श्रृखला र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जानु अघि खेलाडीहरु । तस्बिर – रोशन सापकोटा/रासस

काठमाडौँ, १६ साउन – पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ ।

नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए ।

आरिफ शेख, करण केसी, सोमपाल कामी र वसन्त रेग्मी शून्यमै आउट भएका थिए भने सन्दिप लामिछानेले एक रन जोडेका थिए ।

नेपाललाई १३४ रनमा समेट्ने क्रममा नेदरल्याण्डसँगका एफ जे क्लासेनले तीन, एमजेजी रिप्पोनले तीन, पिएम सिलारले तीन र बिएफडब्लु डि लिडेले एक विकेट लिएका थिए ।

सन् २०१४ पछि पहिलोपटक एकदिवसीय खेल खेलेको नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए ।

नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक-एक विकेट लिए ।

सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड 

नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एकदिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका हुन् ।

यसैगरी ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।

ओपनिङ ब्याट्म्यानका रुपमा मैदान आएका मल्लले आठ चौकाको मद्दतले ५६ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । उनी ५१ रनमा आउन भए ।

यसअघि त्यसअघि भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड ४७.४ ओभरमा १८९ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री