चार नेपाली खेलाडी आइसिसीको वरीयतामा

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी-२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् ।

आइसिसीले सोमबार सार्वजनिक गरेको टी-२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८ औँ स्थानमा परेका छन् ।

वरीयताको शीर्ष स्थानमा आरोन फिञ्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन् ।

नेपालका बलरद्वय वसन्त रेग्मी र सोमपाल कामी क्रमशः ३९७ अंकसहित ७१औँ ३३८ अंकसहित सो ९२औँ स्थानमा छन् । नेपालले गत साता नेदरल्याण्डस्सँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेपछि नेपाली खेलाडीको वरीयता तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री