नवलपरासीबाट छुट्टिएका नवलपुरेहरु बेलायतमा संगठित

लण्डन । नवलपरासीबाट छुटिट्एर बनेको नयां जिल्ला नवलपुरबाट बेलायत आएर बसेकाहरुले नयां संस्था गठन गरेका छन् । गत आइतबार एक भेलाबीच नवलपुर समाज यूके गठन भएको हो । बेलायतका अढाइ सय बढि नेपाली संस्थामा यो कान्छो संस्थाका रुपमा जन्मिएको हो । देश संघीयतामा जाने क्रममा नवलपुर बनेको थियो ।

नवलपुरेहरुको पहिलो भेलाले इन्द्रजित सारु मगरको नेतृत्वमा एक तदर्थ समिति र सल्लाहकार समिति गठन गरेको छ । समितिमा सारु मगर अध्यक्ष र टिकाराम सापकोटा सचिव छन् भने सदस्यहरुमा महेश देवकोटा, प्रकाश कंडेल, सुजाता कंडेल, एलबी गुरुङ, युवराज राना, मिना सापकोटा, विष्णु चालिसे, माधव रेग्मी, नारायण कडेल (रेडिङ), गंगा सापकोटा, मान ठाडा मगर, रामचन्द्र सुवेदी, चित्र राना र देवेन्द्र थापा चुनिएका छन् ।

त्यस्तै, समाजको सल्लाहकारमा डा. प्रेम आले, होम शर्मा, थर्क राना, सन्तोष रेग्मी र नारायण कंडेल छन् ।

नव स्थापित संस्थाले बेलायतमा रहेका नवलपुरेहरुलाई एकवद्ध गर्दै गृहजिल्ला र नेपालमा विभिन्न सामाजिक कार्य गर्ने लक्ष्य लिएको समाजका अध्यक्ष इन्द्रजित सारु मगरले बताए ।

भेलामा करिब २ सय नवलपुरेहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री