बेलायतमा बुद्ध सम्वन्धि अध्ययन केन्द्र स्थापना

लन्डन । बेलायतमा बुद्ध सम्वन्धि अध्ययन अनुसन्धानका लागि एक केन्द्र स्थापना भएको छ । बेलायतको फार्नबोरोमा ‘RANGJUNG YESHE ODDIYANA UKCIO’ नामक केन्द्र स्थापना भएको हो । केन्द्रमा दुई जना लामा गुरु स्थायी रुपमा रहने बताइएको छ । क्याप्टेन रिटायर्ड जीवन गुरुङ यूके व्यवस्थापन समितिका अध्यक्ष छन् भने रविन्द्र लोसाल कोषाध्यक्ष हुन् ।

नेपाल मुख्यालय रहेको उक्त केन्द्रका विदेशका ५४ वटा देशमा शाखा छन् ।

उक्त केन्द्रले गत ५ अगष्ट आइतबार आफ्नो पहिलो कार्यक्रम अन्तर्गत पूजा, प्रवचन तथा पहिलोपटक एकहजार बुद्धको वाङ (विशेष आर्शीवाद) गरेको छ । बिहान ११.३० मा केन्द्रका बेलायत अध्यक्ष जीवन गुरुङ, तमु समाज बेलायतका अध्यक्ष शिवचन्द्र गुरुङ र चार भन्ज्याङ तमु समाज अध्यक्ष मेजर कृष्ण गुरुले बत्ति बालेर पूजा उद्घाटन गरेका थिए ।

कार्यक्रममा केन्द्रका प्रमुख हिज होलिनेस दिल्गो खेन्त्से यांसी रिन्पोचे गुरुको ७ अवतार लिएका सहोदर दाई नेपालबाट आएका हिज होलिनेस फक्चोक रिन्पोचेले केन्द्र उद्घाटन, यसका कार्य र बुद्ध धर्मबारे प्रवचन दिएका थिए ।

उक्त कार्यक्रम केन्द्रकी महासचिब श्रीमति इन्द्र गुरुङ र बम गुरुङले सन्चालन गरेका थिए । यस्ता कार्यक्रम नियमित गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री