‘स्टोरी २’ होइन्, यस फिल्मबाट डेब्यु गर्दैछिन् चंकी पाण्डेकी छोरी अनन्या

चंकी पाण्डेकी छोरी अनन्या पाण्डे बलिउडमा डेब्यु गर्दैछिन् । यसअघि उनी करण जौहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट आफ्नो करिअर सुरु गर्ने चर्चा थियो ।

तर, अहिले ताजा समाचारहरुमा जनाइएअनुसार उनले ‘गली ब्वाए’ बाट डेब्यु गर्दैछिन् । उसो त यसअघि ‘स्टोरी २’ २३ नोभेम्बरदेखि प्रदर्शनमा आउनेवाला थियो । तर, यसको रिलिज डेट पछि सारिएको छ । अब यो फिल्म सन् २०१९ को मे महिनामा रिलिज हुनेछ ।

त्यही रणवीर सिंहको फिल्म ‘गली ब्वाए’ सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुनेछ । फिल्ममा अनन्याको रोल सानो छ तर ‘स्टोरी २’ मा उनी अहम भूमिकामा देखिनेछिन् ।

फिल्म ‘गली ब्वाए’ को निर्देशन जोया अख्तर गरिरहेकी छन् । यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री