मोडल खोज्दै डा. कपिल रिजाल

डा. कपिल रिजाल

लन्डन । बेलायतमा नौलो नाम होइन् डा. कपिल रिजाल । एकजना समाजसेवी, दन्त एवं 
प्रोपर्टी व्यवसायी र केही म्यूजिक भिडियो निर्देशक तथा निर्माताका 
रुपमा उनको पहिचान स्थापित छ । बेलायती समुदायले उनलाई विशेष गरि सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्षका रुपमा चिनेको छ ।

फरक फरक पृष्ठभूमि बनाएका डा. रिजाल यतिखेर आफूले निर्देशन गर्ने म्यूजिक भिडियोका लागि महिला मोडलको खोजीमा छन् ।

गायिका अन्जु पन्त र अनिस पाण्डेको स्वर रहेको गीत ‘सुस्तरी…’ को म्यूजिक भिडियो बनाउन डा. रिजालले २४ अगष्टभित्र फिमेल मोडल खोजेका हुन् । पुरुष मोडलमा भने लियो टयांक छनोट भइसकेका छन् । के के प्रोडक्सन लिमिटेडले बनाउने म्यूजिक भिडियो निर्देशन डा. रिजालले गर्नेछन् भने डिओपीको जिम्मा सुमन श्रेष्ठलाई छ ।

‘म छिट्टै फिचर फिल्म बनाउने योजनामा पनि छु, त्यो भन्दा अघि यो म्यूजिक भिडियोले केही अनुभव दिनेछ’- ड्रिम्स चलचित्रका निर्माता समेत रहेका रिजालले भने, ‘अभिनयमा रुची भएका इच्छुक मोडलले २४ अगष्टसम्म सम्पर्क गर्न सक्नेछन् ।’ प्राप्त आवेदनमध्येबाट अनुभवी र पेशाप्रति लगाव भएका मोडललाई अवसर दिने सोचमा छन् डा. रिजाल ।

सम्पर्कका लागिः

POTELTIAL MODELS PLEASE CONTACT ON THE DETAIILS BELOW BY FRIDAY 24th OF AUGUST 2018
Nesha Gurung
07766301276
Alternatively email on:
[email protected]

Lyrics and Music: Bhanu Bhattarai

Singers: Anju Panta & Anish Pandey

Music Arrangement: Purusottam Subedi

D.O.P: Suman Shrestha

Director: Dr. Kapil Rijal

Actors
Male: Leo Tank
Female: To Be Confirmed Soon

Especial Thanks;

Seven Sister Studio, London(Marrik)

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री