कुरुम्बाङ परिवारको आठौँ वार्षिक भेला

लण्डन । युकेमा बसोबासरत कुरुम्बाङ परिवारको आठौँ वार्षिक भेला सम्पन्न भएको छ ।

फेल्थामस्थित कम्युनिटी हलमा भएको सो भेटघाटमा कुरुम्बाङ बन्धुहरु, छोरीचेली, ज्वाइँचेला, भान्जाभान्जी उपस्थित थिए ।

कार्यक्रम संस्थाका सचिव रूपमान कुरुम्बाङले संचालन गरेका थिए । संस्थाका अध्यक्ष नरबहादुर कुरुम्बाङ (ए) र वंशका ज्येष्ठ नागरिक दलवीर कुरुम्बाङबाट दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन् भएको थियो । त्यसपछि दाजुभाइमा ज्येष्ठ नागरिकहरूलाई अध्यक्ष र श्रीमती राजकुमारी खापुङ कुरुम्बाङबाट खादा ओढाएर सम्मान गरिएको थियो ।

सम्मान पाउनेहरूमा दलवीर कुरुम्बाङ, पदमबहादुर कुरुम्बाङ, धर्मध्वोज कुरुम्बाङ, बलिहाङ कुरुम्बाङ, र नरबहादुर कुरुम्बाङ (बी) थिए । ज्येष्ट नागरिकद्वारा रुद्रबहादुर कुरुम्बाङ एवं नयाँ आगन्तुक सदस्यहरू सबैलाई खादाले स्वागत गरिएको थियो ।

विशेष सम्मान स्वरुप हर्कजङ कुरुम्बाङ र उनकी धर्मपत्नी श्रीमती भीमकुमारी खापुङ कुरुम्बाङलाई अध्यक्षले खादाले सम्मान गरे। सोही अनुरूप उच्च शिक्षा हासिल गर्ने छोराछोरी र भान्जाभान्जीहरूलाई पनि खादा ओढाएर प्रशंसापत्र वितरण गरी हौसला प्रदान गरिएको थियो ।

कार्यक्रमको मध्यतिर सुश्री बिमर्ष र सुरक्षा कुरुम्बाङले वनमा फुल्यो फुलैफुल बोलको गीतमा नृत्य देखाएर सहभागीहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए । श्रीमती तारा यङहाङ कुरुम्बाङले एकल गीत सुरिलो स्वरमा गाएर दर्शकहरूलाई मुग्ध पारिन् । च्याब्रुङ नाचले झन उपस्थित सबैलाई नाच्न उत्साहित तुल्याएको थियो ।

अन्त्यमा सहभागी दाजुभाइ, छोरीचेली, ज्वाइँ र भान्जाभान्जी सबैले भेटघाट कार्यक्रम अत्यन्तै रमाइलो भएको निस्कर्ष निकाल्दै आयोजक समिति कुरुम्बाङ परिवार यूकेलाई सधैं यस्तै कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री