क्यानाडका प्रधानमन्त्री दोस्रो कार्यकालका लागि उम्मेदवार

मन्ट्रियल, ४ भदौ (रासस/एएफपी) – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गर्नुभएको छ ।

लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । यस जिल्लाबाट उहाँ सन् २००८ देखि लगातार विजयी हुँदै आउनुभएको छ । उहाँ सन् २०११ र २०१५ मा पुनः विजयी हुनुभएको थियो ।

जस्टिनले समर्थकहरुलाई सम्बोधन गर्दै बलियो मुलुक र बलियो विश्व बनाउने अभियानमा आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले धनी र गरिबबीचको खाडललाई न्यून गर्ने प्रतिज्ञा गर्दै आदिवासी समुदायको आर्थिक सामाजिक उन्नतिका लागि काम गर्ने बताउनुभयो ।

सन् २०१९ अक्टोबर २१ मा हुने संसदीय निर्वाचनलाई मध्यनजर गरी गत जुलाईको मध्यमा ट्रुडोले आफ्नो सरकारमा फेरबदल गर्नुभएको थियो । यहीबीच विश्व व्यापारमा तनाबको स्थिति पनि उत्पन्न भएको छ र यसले ट्रुडोमाथि दबाब सिर्जना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री