एशियाली खेलकूद – दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदमा नेपालको सहभागिताबारे पत्रकारसँग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट । तस्बिर – रोशन सापकोटा, रास

काठमाडौँ, ७ भदौ – इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पर्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् ।

अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले आज नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए ।

बुधबार पाँचौँ दिनको खेल सकिँदासम्म नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ ।

भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जित्न सफल भइसकेको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये पाँचौँ दिनको खेल सकिँदासम्म २४ देशले पदक जित्न सफल भएका छन् । अहिलेसम्म चीनले सर्वाधिक ४४ स्वर्ण, ३३ रजत र १५ कास्य गरी ९२ पदक जितेको छ । त्यसैगरी चीनलाई पच्छ्याउँदै जापानले २० स्वर्ण, २३ रजत र २६ कास्यसहित ६९ पदक जित्न सफल भएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

यो समाचार तयार पार्दासम्मको पदक तालीका यस प्रकार छ-

देश- स्वर्ण- रजत- कास्य- जम्मा

चीन- ४४- ३३- १५- ९२

जापान- २०- २३- २६- ६९

दक्षिण कोरिया- ११- १६- २३- ५०

इरान- ९- ६- ६-२१

इण्डोनेसिया- ६- ४- ७- १७

उत्तर कोरिया- ५- २- ३- १०

विज्वेकिस्तान- ४- ५- ६- १५

थाइल्याण्ड ४- २- ११-१७

भारत- ४- ३- ८- १५

चाइनिज चाइपेई- ३- ४- ८- १५

मङ्गोलिया- ३- २- ४- ९

काजाकिस्तान- १- ६- १५- २२

लेबनान- १- १- २- ४

मलेसिया- १- १- १- ३

मकाउ- १- १– २

फिलिपिन्स- १– ५- ६

सिंगापुर- १–३- ४

जोर्डन- १- २- ३

किर्गिस्तान – ४- ५- ९

भियतनाम – ४- ७- ११

हङकङ – २- ७- ९

तुर्कमिनिस्तान – १- १- २

म्यान्मार – – २- २

अफगानिस्तान – – १- १

प्रतिक्रिया

सम्बन्धित सामाग्री