नेपालले सिङ्गापुरलाई चार विकेटले हरायो

काठमाडौँ, १७ भदौ – एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गरयो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४-१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन-तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री