फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

क्रिस्टियानो रोनाल्डो

लण्डन, १८ भदौ – विश्व फुटबल महासंघ (फिफा) ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयन गरेको छ ।

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवार्डका लागि मनोनयनमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री