मलेसियाबाट फर्कियो क्रिकेट टोली

Nepal cricket team

एसिया कप छनौट खेलमा सहभागी भई शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, २२ भदौ – मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो । छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङकङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

एसिया कप छनौट खेलमा सहभागी भई शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खडका । तस्वीर – रोशन सापकोटा, रासस

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री