बेलायतमा गुथि भ्वयको तयारी, यस्तो छ सांस्कृतिक महत्व

लन्डन । नेवार समुदायमा समय समयमा विभिन्न प्रकारका भ्वय (भोज) हुने चलन परापूर्वकाल देखि अहिले सम्म हुने गरेको छ । जसमा गुथि भ्वय अर्थात नेवा भ्वय चाहिं अति प्रचलित छ । नेवारहरुको भोज भन्ने बित्तिकै गुथि भ्वय अर्थात नेवा भ्वय नै मानसपटलमा आउंछ ।

पासा पुच गुथि यूकेले पनि यही सेप्टेम्बर २९ तारिक शनिबार गुथि भ्वय आयोजना गर्दैछ । पलेटी कसेर लप्तेमा भ्वय खानुको मज्जा नै बेग्लै छ । 
बेजिङस्टोकस्थित कार्भिनल हलमा कार्यक्रम तय भएको हो । जसको उद्देश्य नयां पुस्तालाई गुथि भ्वय के हो ? नेवार संस्कृतिमा यसको के महत्व छ ? आदिबारे अवगत गराउनु हो । बेलायतमा नेवा कल्चर कसरी जीवन्त राख्ने भन्ने उद्देश्य पनि कार्यक्रमको छ । भोजमा ३० भिन्न भिन्न प्रकारका नेवा परिकार हुनुका साथै एैला (रक्सी) पनि समावेश हुने छ । नेवा भ्वयमा जहिले पनि जेष्ठ व्यक्तिलाई आदर तथा सम्मान गर्ने चलन छ । सोही अनुसार सिटिङ प्लान पनि गरिएको छ । नेवा भ्वयलाई दुई चरणमा विभाजन गरिन्छ ।
सुरुमा खानेलाई बजी भन्ने चलन छ र खाना केही समयपछि खुवाउने प्रथा छ । जहाँ थपि थपि खान पाइन्छ । दोस्रो चरणको खानालाई पनि कुनै ठाउंमा तीन चरणमा विभाजन गरेको देखिन्छ । हरेक चरणमा अलग अलग प्रकारका खाना दिने चलन छ ।
यसमा बोकाको टाउकाको श्यूउ खाने चलन पनि चर्चित छ । कुनै भोजमा बोकाको टाउकोलाई उमेर अनुसार दायां आंखा, बायां आंखा, दायां कान, बायां कान, थुतनो, जिब्रो, दायां बङगारा र बायां बङगारा दिने चलन छ ।

कुमार श्रेष्ठ । तस्विर- कुशल श्रेष्ठ

आजकल नेपालको हरेक ठाउंमा नेवा भोज उपलव्ध हुने होटल जताततै खोलेको पाइन्छ । यो होटल खुल्नुको कारण चाहिं नेवा खानाहरु जुन प्रकारले खुवाइन्छ त्यो वैज्ञानिक कारणबाट पनि स्वस्थ्य रहेकाले हो भन्न सकिन्छ । बेजिङस्टोक मा हुने गुथि भ्वयमा तीन सय जति हुने अनुमान मैले गरेको छु । यसमा टिकटको व्यवस्था पनि गरिएको छ । जसमा बयस्कलाई २५ पाउण्ड र ५ देखि १० वर्ष भित्रका लागि १२ पाउण्ड राखिएको छ । भोजमा सवैलाई स्वागत छ ।

कुनै विशेष जानकारी लिनु परेमा पासा पुच गुथि यूके अध्यक्ष कुमार श्रेष्ठलाई ०७८२८७५५६६७ सा सम्पर्क राख्न सकिन्छ । त्यस्तै, अल्डरसटमा राजन मल्ल, रिडिङमा रमेश श्रेष्ठ, प्लमस्टेडमा सुशिल प्रजापति र पासा पुच गुथि यूकेका महासचिव नगेन्द्र श्रेष्ठसंग सम्पर्क गर्न सकिन्छ ।

(लेखक श्रेष्ठ पासा पुच गुथि यूकेका अध्यक्ष हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री