बेलायतका गुल्मेलीले तीजमा गरे मिर्गौला पीडित चेलीलाई सहयोग

लण्डन । हरितालिकाको दिन पारेर मिर्गौला रोगबाट पीडित गुल्मीको रेसुङ्गा नगरपालिका ३ निवासी श्रीमती रुमकला घर्तीलाई बेलायतका गुल्मेलीहरुले सहयोग गरेका छन् ।

३५ वर्षीया रूमकला घर्ती मगर छ वर्षदेखि मिर्गौला रोगबाट पीडित छिन् । एक छोरी र दुई छोराकी आमा रुमकलाको सहयोगका लागि गुल्मेलीहरुले ५ लाख ४ हजार ४५० रुपियाँ सहयोग गरेका छन् ।

गुल्मी रेसुड्गा नगरपालिका निवासी हाल बेलायतबासी बल थापा मगरको संयोजनमा ज्ञान छन्त्याल, चित्रबहादुर थापा, भेषबहादुर छन्त्याल, भेखबहादुर छन्त्याल लगायतको पहलमा बेलायतबासी गुल्मेली र गैर गुल्मेलीहरूसंग सहयोग सङ्कलन गरिएको छन्तेल र थापामगरले जानकारी दिनुभयो । रूमकलालाई टिचिङ हस्पिटल काठमाण्डौँमा सुबेदार गुमानसिङ थापा र कृष्ण छन्त्यालको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

रुमकलाले तिज पर्वको दिन बेलायतबासी गुल्मेली माईलीको सहयोगले पुनर्जन्म पाउन सफल हुने विश्वास व्यक्त गरिन् । उनले सबै बेलायतबासी गुल्मेली र गैर गुल्मेली मनका धनी परोपकारीहरुलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री