अल्डरसट टाउन एफसीसंग सामिप्यता बढाउंदै नेपाली ककटेलबार ‘ट्रुथ’

लन्डन । अल्डरसटमा नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको ककटेल बार ट्रुथले स्थानीय अल्डरसट टाउन फुटबल क्लबसंग सामिप्यता बढाएको छ । ट्रथले हालैमात्र उक्त फुटबल क्लबसंग सन् २०१८-०१९ सिजनका लागि अफिसियल स्पोन्सरको घोषणा गर्दै सम्वन्ध अभिवृद्धि गरेको हो ।

क्लबको सिजन टिकट लिनेहरुलाई ट्रुथले आफ्नो ककटेलबारमा दश प्रतिशत डिस्काउन्ट दिने जनाएको छ । ‘स्थानीय युवाहरुसंग निकटता र नेपाली ब्रिटिश समुदायबीच समायोजनमा समेत यसले सघाउने हाम्रो विश्वास छ’- ट्रुथका एकजना सञ्चालक दिनेश श्रेष्ठले बताए ।

आफूले स्पोन्सर गरेको टिम मंगोलियन भान्जाले गोर्खा कप ०१८ उपाधि जितेपछि उत्साहित उक्त बारले अल्डरसट टाउन फुटबल क्लबसंगको सहकार्यमा नेपाली खेलाडीलाई समेत लाभ हुने खालका गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

ट्रुथले स्थानीय ग्राहकलाई आकर्षित गरिरहेको छ

करिब तीन महिना अघि गत जुन ८ देखि सञ्चालनमा आएको ‘ट्रुथ’ विभिन्न किसिमका ककटेल ड्रिंक्सका लागि प्रख्यात छ । अब केही समयमै खाना समेत उपलव्ध गराउने तयारी भइरहेको श्रेष्ठले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री