मिस नेपाल श्रृंखलाको पहिलो यूके भ्रमण, च्यारिटी मुख्य उद्देश्य

मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा । तस्बिर- रासस

लन्डन । मिस नेपाल श्रृंखला खतिवडा मंगलबार लन्डन उत्रने भएकी छन् । उनको पहिलो यूके भ्रमणको खास उद्देश्य च्यारिटीसंग सम्बन्धित छ । अल्डरसटस्थित प्यालेसमा २१ सेप्टेम्बर सांझ आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा आउन लागेकी हुन् उनी । सिग्नेचर ग्रुप र हयाब अ मोमेन्टले संयुक्त रुपमा च्यारिटी डिनर आयोजना गर्दैछन् ।

आउंदो डिसेम्बरमा मिस वोर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी श्रृंखलालाई उक्त प्रतियोगितामा ब्यूटी वीथ अ परपोज सबटाइटिलबाट धेरै ठूलो आशा छ । पेशाले आर्किटेक्ट उनी शुरुमा आफ्नै गृहजिल्ला मकवानपुरको चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउंपालिका ७ पुगिन्, त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एण्ड हाइजिन समेत नहुंदा उनी विक्षिप्तमात्र भइनन्, मन पनि एकाएक परिवर्तन भयो । सामान्य रुघाखोकी र झाडा पखला लागेपनि ५ घण्टा पैदल हिंडेर उपचार गर्न जानुपर्ने 
गाउंलेको वाध्यता देखेर उनले त्यहां एउटा हेल्थ पोस्ट बनाउने निर्णय गरि अहिले श्रृंखला त्यसैका लागि आर्थिक संकलनमा जुटेकी छन् ।

श्रृंखलाले आफ्नो अभियानमा साथ दिन अपिल गर्दै शुक्रबार हुने च्यारिटीमा सहभागी भइ सहयोग गर्न बेलायतवासी सबैमा अनुरोध गरेकी छन् ।

उनको अपिल भिडियोमा-

प्रतिक्रिया

सम्बन्धित सामाग्री