प्रधानमन्त्रीले दिए सात भाषामा संविधान दिवसको सन्देश

काठमाडौँ, ३ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको छ भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण राजनीतिक दलका नेता एवं देशवासीमा आन्दोलनको चरण सकिएकाले विकास र समृद्धिको अभियानको चरणमा सहयोगी भावनाका साथ अग्रसर भई राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाली, अङ्ग्रेजी, नेपालभाषा, भोजपुरी, मैथिली, खाम मगर र तामाङ भाषामा शुभकामना दिनुभएको जानकारी दिनुभयो । उहाँले बहुभाषिक नेपालमा भाषाभाषीको उत्थान र प्रोत्साहनका लागि नयाँ परम्परा स्थापना गर्न उक्त प्रयोग गरिएको बताउनुभयो । नेपालको संविधानको धारा ३२ मा मौलिक हकअन्तर्गत भाषिक र सांस्कृतिक हकको प्रबन्ध गरिएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री