गोल्डेनसीपमा दोहोरीका लागि आउंदैछन् दुई सुन्दरी गायिका

सिर्जु अधिकारी

लन्डन । नेपालका दुई राष्ट्रिय कलाकारहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा लोक दोहोरी प्रस्तुत गर्न लागेका हुन् ।

यतिखेर बेलायतका विभिन्न शहरमा गायन प्रस्तुत गर्न व्यस्त गायिकाद्वय र गायक बरालले कार्यक्रममा दर्शकको रोजाइ र माग अनुसार दोहोरी प्रस्तुत गर्ने आयोजक देव गुरुङले जानकारी दिए ।

गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक गुरुङले कार्यक्रममा आएर मनोरन्जन लिन सबैलाई निम्तो दिएका छन् ।

कला लम्साल

सिर्जु र कलाले शान्ति नेपाली समाज बेलायत, नेपलिज ब्रिटिश कम्युनिटी यूके, धादिङ नुवाकोट समाज यूके, हाम्रो नेपाली समाज, लन्डनस्थित नेपाली दूतावास लगायतका आधा दर्जन बढि कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

सिर्जुले ६ अक्टोबरमा अष्ट्रेलियाको सिड्नी अघि लन्डनमै थप कार्यक्रम गर्ने बताइन् । ‘बेलायतका नेपालीको माया र साथले उत्साहित छु’, सिर्जुले भनिन्, ‘साउथहयारोको कार्यक्रममा समेत आएर हामीलाई हौसला बढाइदिनुहोला ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री