केसी र कायस्थको ‘सपनीमा देखेँ आमा’ को भिडियो सार्वजनिक

लण्डन । बेलायत बस्ने एक जना सर्जक कुमार केसीको रचना, रमेश कायस्थको संगीतमा बनेको ‘सपनीमा देखेँ आमा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीतमा चर्चित गायक प्रमोद खरेलले श्वर दिएका छन् भने रागा स्टुडियो काठमाडौँका आशिष अविरलले गीतको ‘अरेन्ज’ गरेका छन् ।

परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी मुटुको बिमारी आमालाई सम्झेर भावविभोर भएको कथा गीतमा समेटिएको छ । 

त्यसैगरी दशैंमा घरमा जान नपाउदाको पीडा, भाइटीकामा दिदीको संझनाले भक्कानिएको मुटु अनि साहुको ऋणले पिरोलिएको आमाको मर्म गीतले बोलेको छ । 

त्यसैगरी नेपालमा आमाले परदेशी छोरालाई सम्झेर बिताइरहेको कठिन पलहरु समावेश गरिएको छ । नेपाली ग्रामीण जीवनको यथार्थता बोकेको यस गीत र अभिनयले साँचो अर्थमा लाखौ प्रबासी छोराहरुको प्रतिनिधित्व गरेको छ ।

ललितपुरमा छायांकन गरिएको यस म्युजिक भिडिओमा विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीवन भट्टराई, रश्मी भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन् । भिडिओको निर्देशन कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता अर्जुन अधिकारीले गरेका छन् भने निर्माण कुमार केसीले गरका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री