शहीद स्मारक ‘ए’ डिभिजन लिग शुरु, आर्मी र एनआटीले बराबरी खेले

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको शहिद स्मारक …ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उदघाटन खेलमा त्रिभुवन आर्मी क्लव र न्यूरोड टिम (एनआरटी) बीचको खेल हुँदै । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १३ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फट गोल गर्दै आर्मीले खेल बराबरी गरयो ।

एनआरटीका खेलाडीले डिबक्सभित्र बल ‘ह्याण्ड’ गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । आर्मीका सन्तोष तामाङले पेनाल्टी सदुपयोग गरी खेल बराबरीमा ल्याएका हुन् । राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको सशक्त अग्रपङ्क्ति रहे पनि आर्मीले एनआरटीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन । यद्यपि खेलको अन्तिम समयमा पाएको फ्रिकिकमा गोल गरी आर्मीले खेल बराबरी गरेको हो ।

पहिलो हाफमा एक÷एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनःअग्रता लिएको थियो । खेलको ६४औँ मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गरी खेल बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

लिगअन्तर्गत आइतबार सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री