हिमालयन ब्याडमिन्टन क्लबको दोस्रो खुला प्रतियोगिता, दुईलाई विशेष अवार्ड

लण्डन । हिमालयन ब्याडमिन्टन क्लबको दोस्रो खुला प्रतियोगिता २९ सेप्टेम्बरमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ७ वटा इभेन्ट्स अन्तर्गत ९२ जना खेलाडीले भाग लिएका थिए (विजयी खेलाडीहरुको नामावली तल हेर्नुहोस्

सधै झैं  यसपटक पनि च्यारिटी इभेन्ट्सका साथ प्रतियोगिता भएको थियो । तर, यसपटकबाट क्लबले २ वटा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र ‘स्पेसल रिकगनिसन अवार्ड’ को समेत थालनी गरेको छ ।

पहिलो ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ फेल्थाम लण्डन निवासी ६३ वर्षीय सुरेश गुरुङलाई प्रदान गरियो । उनी  बेलायत नेपाली ब्याडमिन्टन समुदायमा प्रतिष्ठित र जेष्ठ खेलाडी हुन् । खोटाङ्ग जिल्लामा जन्मिएका गुरुङले नेपाल, हङकङ, ब्रुनाइ र बेलायतमा धेरै प्रतिष्ठित प्रतियोगिताहरुमा भाग लिइ सकेका छन्, जसमध्ये सन् १९८६ मा रोयल इन्जिनियर्स २०० एनिभर्सरी प्रतियोगितामा पुरुस एकल बिधामा दोस्रो स्थान हासिल गरेका थिए । उनी त्यतिबेला ब्रिटिश आर्मीका नम्बर वान खेलाडीसँग फाइनलमा पराजित भएका थिए । साथै उनले २००४/५ मा नेपाल ब्याडमिन्टन संघको बरियता क्रममा पुरुष भेटेरान्स डबल्स बिधामा दोस्रो स्थान ओगटेका थिए । 

यसै गरि, पहिलो हिमालयन विशेष सम्मान पुरस्कार विजेता नेपाली कलाकार संघ युके भएको छ । झट्ट सुन्दा र कलाकार संघले ब्याडमिन्टन सम्मान पुरस्कार कसरी पायो भन्ने लागे पनि ब्याडमिन्टनमा थोरै मात्र दख्खल भएका संस्थाका तत्कालीन अध्यक्ष अजय शेखर प्रधान र सचिव उमेश मोक्तान कसरी प्रेरित भए प्रतियोगिता आयोजना गर्न, यसको कहानी रोचक छ ।

सन् १९८७ मा बेलायत प्रबेश गरेका अजय शेखर प्रधान कलामा सानै देखिका पारखी हुन् । उनी सानै देखि विभिन्न नाटकहरुमा अभिनय गर्दै बिदेश (युरोप) मा पहिलो पटक छायांकन भएको नेपाली फिल्म ‘कस्तुरी’ का नायक समेत बने । कलालाई व्यवसायिक बनाउन नसके पनि नेपाली कला र सस्कृतिको मायाका खातिर रेस्टुरेन्ट ब्यबसायी प्रधानले सन् १९९६ मा ‘नेपाली कलाकार संघ युके’ स्थापना गरे र आँफैले संघको अध्यक्ष पद सम्हाले । 

त्यही कलाकार संघले १६ वर्ष पहिले लन्डनस्थित वेम्ब्लीमा पहिलोपटक नेपाली ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

सन् २००५ सम्म बेलायतमा सायदै १५-२० हजार नेपाली मात्र  थिए । ती मध्ये १५-२० नेपाली नियमित रुपमा ब्याडमिन्टन खेल्थे र यस्तो अबस्थामा प्रतियोगिताको कल्पना सायदै गर्न सकिन्थ्यो । कारण खेलाडीहरुको सङ्ख्या कम थियो भने ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्न अत्यधिक महँगो छ । तर तत्कालिन अबस्थामा ब्याडमिन्टनका एक पारखी रेगन राई प्रधानको सम्पर्कमा थिए । उनै रेगन, अजित राई, जग पुन र अन्य केही खेलाडीको विशेष अनुरोध नकार्न नसकी प्रधानले प्रतियोगिताको लागि सकारात्मक सोच बनाए । खेलाडीहरुले उनलाई गुहार्नुको कारण पनि मुख्य रुपमा आर्थिक नै थियो ।

फलस्वरूप सेप्टेम्बर २२, २००२ मा पहिलोपटक नेपाली ब्याडमिन्टन प्रतियोगिता आयोजना भयो । त्यसपछि लगातार सन् २०१३ सम्म ११ वर्ष नेपाली कलाकार संघले बार्सिक रुपमा ब्याडमिन्टन प्रतियोगिता सन्चालन गर्‍यो । 

प्रतियोगितालाई नियमितता दिने संघका सचिव उमेश मोक्तानको ठूलो भूमिका रहेको प्रधान स्मरण गर्छन् । अहिले धेरै नयाँ खेलाडी जन्मने क्रम जारी छ । ब्याडमिन्टन संघ संगठन स्थापित हुने क्रम तीब्र  छ। ननिटन नेपाली ब्याडमिन्टन क्लब, युके नेपाली ब्याडमिन्टन संघ, नखिपोट ब्याडमिन्टन संघ युके, इन्भिक्टा, एसइइ आदि ।

यसै क्रममा हिमालयन ब्याडमिन्टन क्लब लन्डनले पनि आफ्नो पहिचान स्थापित गरिसकेको छ । क्लबले खेलमा मात्र नभएर सामाजिक काममा पनि ब्याडमिन्टन खेलाडीलाई सम्मिलित गराउने उद्देस्य राख्दै दोस्रो ‘च्यारिटी प्रतियोगिता’ गरेको छ । 

प्रतियोगिताबाट भएको मुनाफा नेपालस्थित भोजपुर जिल्लामा निर्माणाधिन अबस्थामा रहेको ब्याडमिन्टन हललाई सहयोग स्वरुप प्रदान गरिने छ । पोहोर साल क्लबले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने हेतुले डा महाबीर पुनलाई बेलायत बोलाएको थियो ।

Himalayan Badminton London’s 2nd open tournament Winners and Runnurs up are as follows-

1. Men’s Single
Winner- Kishor Rana
Runner Up- Cleman Chang

2. Men’s Doubles
Winner- Dipchan/ Rajendra
Runner Up- Bishnu/ Prakash

3. Women Doubles
Winner- Foo Mei Yee/ Cindy Tang
Rnr Up- Sarita Gurung/ Mina Limbu

4. Veteran Doubles
Winner-Bishnu Rai/Damber Limbu
Rnr Up-Mark/Steve

5. Mix Doubles
Winner- Rajendra grg/ Sarita Grg
Rnr Up- Prakash Rai/Bimala Limbu

6. Supper Veteran
Winner- Tej Limbu/ Deukaji Grg
Rnr Up- RB Khaling/ Amar Grg

7. Bigginers
Winner- Promise Grg/ Sanjay Rai
Rnr Up- Chitra Rana/ Aakash Tamang

प्रतिक्रिया

सम्बन्धित सामाग्री