लेस्टरबाट बेपत्ता भए भूतपूर्व गोर्खा

लण्डन । केही वर्ष यता ननिटन बस्दै आएका एक्स कर्पोरल हेम कुमार राई केही दिन देखि हराएका छन् । 

हटटा कट्टा शारिरीक बनावट र करिब ५ फिट ५ इन्च उचाइ भएका आर्मी नम्बर २११६७२१७ का एक्स कर्पोरल राई १० जिआर (२आर जिआर) मा थिए ।

पछिल्लो समय २१ सेप्टेम्बरमा देखिएको र २४ सेप्टेम्बरका दिनसम्म आफन्त र परिवारजनसंग सम्पर्कमा रहेपश्चात अकस्मात ग्रोभी लेस्टरबाट काममा समेत नगइ सम्पर्कविहीन बिहिन भएको ननिटन बृटिश गोर्खा भेट्रान एसोसिएसनका अध्यक्ष ओम गुरुङले जानकारी दिएका छन् ।

उनले राईको अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै केही सूचना भए आफ्नो नम्बर ०७९७१ २८६८६८ मा जानकारी गराउन समेत अपिल गरे । ‘भगवानको कृपाले हेम कुमार राईज्यू सकुशल हुनुहोस्, परिवारजनसंग पुनर्मिलन हुने अवसर मिलोस् भन्दै सबैले गर्न सकिने सहयोग गरिदिनु हुन म सबै नेपाली कम्युनिटीसंग हार्दिक अनुरोध गर्दछु’- गुरुङले अनुरोध गर्दै लेखेका छन् । 

लेस्टरसायर पुलिसले पनि राईबारे केही जानकारी भए दिन अपिल गरेको छ । पुलिसले खोजी कार्य तीब्र पारिएको जनाउँदै राईको अवस्थाप्रति चासो ब्यक्त गरेको छ ।  

If you have any information, contact police on 101 quoting incident 315 of 26 September.

प्रतिक्रिया

सम्बन्धित सामाग्री