नुविया फोनले ल्यायो ‘दशैँ दक्षिणा’ अफर, हरेक खरिदमा क्यासब्याक


काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशै दक्षिणा’ नामक विशेष अफर ल्याएको छ ।

नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दशैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ ।

दशैं दक्षिणा अफर अन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।

यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।

त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको वर्तमान मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।

६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ । जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ ।

यसैगरी दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २ एमपी ड्युल क्यामरा एवं १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ ।

अब केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री